Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आगलागीबाट ३० लाखको क्षति   


सूचना कुण्ड
आगलागीबाट ३० लाखको क्षति   

    
राजविराज (सप्तरी), चैत ३:  सप्तरीको राजविराजस्थित रुपनी रोडमा रहेको कृष्णा लेडिज एन्ड जेन्स टेलर्समा आज भएको आगलागीबाट क्षति भएको छ ।    
    
 आगलागीबाट उक्त टेलर्समा रहेका १९ वटा कपडा सिउने मेसिन, चारवटा विद्युतीय मेसिन र ग्राहकले सिउन दिएका कपडासहित रु ३० लाख बराबरको क्षति भएको टेलर्स सञ्चालक रोहितकुमार साहले राससलाई जानकारी दिनुभयो । आगलागीको कारणबारे कुनै जानकारी प्राप्त भएको छैन ।    
     
 स्थानीयवासी, प्रहरी र राजविराजबाट आएका वारुणयन्त्रको सहयोगमा आगो निभाइएको थियो । घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend