Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि नगरपालिकाद्वारा दिगो विकास लक्ष्य सम्बन्धी कार्यपत्र तयार 


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिकाद्वारा दिगो विकास लक्ष्य सम्बन्धी कार्यपत्र तयार 

 

काठमाडौँ ,  चैत २  ः  शहरी विकास मन्त्रालय, राष्ट्रिय तथ्याङ्क कार्यालय, चन्द्रागिरि नगरपालिका र संयुक्त राष्ट्र संघीय मानव बसोबास कार्यक्रम ( युएन ह्यबिट्याट) को संयुक्त आयोजनामा आज ललितपुरमा ‘नेपालमा शहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत बर्गीकरण र  दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मुल्यांकन’ सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

राष्ट्रिय कार्यशालाई सम्बोधन गर्नुहुँदै चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले दिगो विकास लक्ष्यलाई स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले उच्च प्राथमिकताका साथ काम गरिहेको जानकारी दिनुभयो । उहाँले दिगो विकास लक्ष्यका १९ विषयगत क्षेत्र मध्ये  शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर क्षेत्रमा नगरपालिकाले दिगो विकास लक्ष्यलाई मुख्य आधार बनाउँदै आफ्ना योजनामा समावेश एवं कार्यान्वयनमा ल्याएको बताउनुभयो । नगरप्रमुख गिरीले नगरपालिकाले स्थानीय स्वयंसेवी समीक्षा प्रतिवेदनको मस्यौदा  तयार गरिएको जानकारी दिनुभयो । 

गोष्ठीमा नेपाल नगरपालिका संघका अध्यक्ष भीमप्रसाद ढुङ्गाना , चन्द्रागिरि नगरपालिकाका उपप्रमुख बसन्ती, श्रेष्ठ, चन्द्रागिरि – ४ का वडाध्यक्ष एवं नगरप्रवक्ता कृष्णप्रसाद खड्गी, प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्याल, विभिन्न वडाका वडाध्यक्ष, नगरपालिकाका विभिन्न शाखाका प्रमुखको सहभागीता रहेको थियो । 

साथै गोष्ठीमा युएन ह्यबिट्याट एशिया प्रशान्त  क्षेत्रीय कार्यालय जापानका प्रतिनिधि डा ओडिसा एङ्लो ब्यारियसले दिगो विकास लक्ष्य मध्ये शिक्षा, स्वास्थ्य, लैङ्गिक समानता, खानेपानी तथा सरसफाई, सुरक्षित, सुन्दर र सबैको पहुँच योग्य सहर जस्ता लक्ष्यलाई  स्थानीयकरण गर्न चन्द्रागिरि नगरपालिकाले अबलम्बन गरेका अभ्यासको सरहना गर्नुभयो । युएन ह्यबिट्याटका नेपाल प्रमुख प्रज्ञा प्रधानले सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न यसलाई स्थानीयकरण गर्नुपर्ने खाँचो औल्याउँदै यस क्षेत्रमा चन्द्रागिरि नगरपालिकाले सम्पादन गरिरहेको कामको प्रशंसा गर्नुभयो । 

गोष्ठीमा राष्ट्रिय तथ्याङ्क कार्यालयका निर्देशक ढुण्डिराज लामिछाने, युएन ह्यबिट्याटका नेपालका स्वयंसेवी समीक्षा प्रतिवेदनका टिम लिडर डा प्रताप छत्कुलीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । शहरीकरणसंग सम्बन्धित तथ्यांक ब्यवस्थापनलाई दिगो विकास लक्ष्यको मापनसंग जोड्दै युएन ह्याबिट्याटले शहरी विकास मन्त्रालयसंगको परामर्श र समन्वयमा चन्द्रागिरि नगरपालिकासंगको सहकार्यमा ‘कोभिड १९ पछिको आर्थिक–सामाजिक पुनरुत्थान र स्थानीय पहल मार्फत दिगो विकास लक्ष्य कार्यान्वयन परियोजना’ पनि सञ्चालन गरिरहेका छ । 

दिगो विकास लक्ष्यको स्थानीयकरणसंग सम्बन्धित कार्यप्रणाली र ज्ञान र सीप संस्थागत गर्न तथा दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्यांकन(Voluntarily Local Review) सम्बन्धी ढाँचा (टेम्प्लेट) निर्माणका लागि पनि मन्त्रालयसंग सहकार्य र समन्वय भैरहेको छ । दिगो विकास लक्ष्य प्राप्तिका उपलब्धी र चुनौतीको लेखाजोखा गर्न तथ्यांक (डाटा) विश्लेषणको भूमिका अपरीहार्य रहन्छ । शहरी तथा ग्रामीण क्षेत्रको श्रेणीगत वर्गीकरण र दिगो विकास लक्ष्यको स्थानीय स्वेच्छिक मूल्यांकन एक आपसमा अन्तरसम्बन्धित रहेकोले शहरी विकास मन्त्रालय, राष्ट्रिय तथ्यांक कार्यालय, चन्द्रागिरि नगरपालिका र युएन ह्याबिट्याटको संयुक्त सहकार्यमा यो कार्यक्रम आयोजना गरिएको थियो  । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend