Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

फुङ्लिङमा   आँखाका बिरामीको शल्यक्रिया गर्दै डा रुइत   


सूचना कुण्ड
फुङ्लिङमा   आँखाका बिरामीको शल्यक्रिया गर्दै डा रुइत   


   
ताप्लेजुङ, फागुन १७: नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने हुनुभएको छ । उहाँले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिनुभयो ।    
     
 जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको सहकार्यमा तिलगङ्गा आँखा अस्पतालको प्राविधिक सहयोग लिएर शल्यक्रियासहितको आँखा शिविर सञ्चालन गरेको थियो ।    
    
 शिविरमा आँखाको परीक्षण तथा उपचार गर्न डा रुइत गृहजिल्ला आउनुभएको सङ्घका उपाध्यक्ष खगेन्द्र अधिकारीले बताउनुभयो । विभिन्न गाउँ–गाउँबाट शल्यक्रियाका लागि सिफारिस भइआएका ९८ जना आँखारोगीको शल्यक्रिया गर्न सुरु भएको उहाँले जानकारी दिनुभयो ।    
    
 आजदेखि सुरु भएको शल्यक्रिया तीन दिनसम्म सञ्चालन हुने सङ्घले जनाएको छ । डा रुइतले शल्यक्रिया गर्ने भएपछि आज नाम दर्ता गर्नेको सङ्ख्या उल्लेख्य रहेको सङ्घका कोषाध्यक्ष निरोज श्रेष्ठले बताउनुभयो ।    
    
 सेवा लिन आउने सबै सेवाग्राहीलाई सहज ढङ्गले सेवा दिएर पठाउने योजनाका साथ काम भइरहेको सङ्घका जिल्ला सहसचिव युवराज गिरीले बताउनुभयो । उहाँका अनुसार अहिले नेत्रज्योति सङ्घ ताप्लेजुङद्वारा सञ्चालित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रमा आँखाको परीक्षण तथा उपचार भइरहेको छ ।    
    
 आँखाको परीक्षणका लागि आइपुगेको तिलगङ्गा आँखा अस्पतालको प्राविधिक टोलीले आज बिहानैदेखि परीक्षण तथा उपचार सुरु गरेको छ । परीक्षणका क्रममा छनोट भएका मोतियाबिन्दुका बिरामीको डा रुइतको नेतृत्वमा रहेको टोलीले शल्यक्रिया गर्ने आँखा उपचार केन्द्रका क्लिनिक इञ्चार्ज काजीमान गुरुङले बताउनुभयो ।    
    
 सङ्घले यसअघि मैवाखोलाको ढुङ्गेसाँघु र मिक्वाखोलाको खोक्लिङमा पुगेर आँखाको परीक्षण गरी ३७ जना मोतियाबिन्दुका बिरामीको छनोट गरिसकेको छ । उहाँहरूको पनि आज शल्यक्रिया गर्ने योजना रहेको गुरुङले बताउनुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend