Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदै 


सूचना कुण्ड
उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक हुँदै 

काठमाडौँ  फागुन१६ : निर्वाचन आयोगले आगामी वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतदाता नामावली अद्यावधिक तथा अन्तिम नामावली प्रकाशन कार्यक्रम, २०८० स्वीकृत गरेको छ ।    
    
कार्यक्रमअन्तर्गत आयोगले यही फागुन २८ गते मतदाता नामावली आगामी चैत २२ गते अद्यावधिक गरी तयार गरिएको अन्तिम मतदाता नामावली प्रकाशन गर्नेछ । इलाम क्षेत्र २ को प्रतिनिधिसभा सदस्य र बझाङ (क) को प्रदेशसभा सदस्यको रिक्त पदमा उपनिर्वाचनको मिति निर्धारण भएको छ ।    
    
आयोगले मतदाता नामावलीमा रहेका त्रुटि सच्च्याउन, दोहोरो नाम हटाउन, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन र झुठा विवरण दिई नाम समावेश भएको भए उजुरी दिन यही फागुन २९ गतेदेखि आगामी चैत ५ गतेसम्मको अवधि निर्धारण गरिएको छ ।    
    
प्राप्त निवेदन, सूचना र उजुरीउपर कानुनबमोजिम छानबिन गरी मतदाता नामावली अद्यावधिक गरिने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend