Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कालापत्थरमा महिला दिवस मनाइने 


सूचना कुण्ड
कालापत्थरमा महिला दिवस मनाइने 

   

काठमाडौँ, फागुन १४: जलवायुपरिवर्तन तथा महिला सशक्तिकरणका क्षेत्रमा काम गर्दै आएको संस्था साथसाथैले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवस सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउने भएको छ ।    
    
 जलवायु परिवर्तनले सगरमाथा क्षेत्रमा पारेको असर र हिमाली समुदायले सामना गर्नुपरेका चुनौतीका विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउन समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महिलाको समूहले उक्त स्थानमा पदयात्रा गर्न लागेको संस्थाले जनाएको छ ।    
    
 साथसाथैका अध्यक्ष प्रजिता कार्कीले आज विज्ञप्तिमार्फत लुक्लाबाट कालापत्थरसम्म पदयात्रा गर्ने र विभिन्न स्थानमा स्थानीय तहका जनप्रतिनिधि तथा समुदायसँग जलवायु परिवर्तनले पारेको असरबारे अन्तरक्रिया गरिने जानकारी दिनुभयो ।    
    
 “हामीले विगत तीन वर्षदेखि अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा ‘वुमन युनाइटेड फर क्लाइमेट जस्टिस’ (जलवायु न्यायका लागि महिला एकता) भन्ने नारासहित कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय निकायको ध्यानाकर्षण गराउँदै आएका छौँ । यसपटक पनि हामीले जलवायु परिवर्तनका कारण हिमाल पग्लिँदा हिमालको फेदमा बस्ने समुदायले भोग्नु परेका समस्या र समाधानका उपायबारे विज्ञ र सरोकारवाला निकायसँग अन्तरक्रिया गर्नेछौँ”, विज्ञप्तिमा उल्लेख छ ।    
    
 साथसाथैले विभिन्न क्षेत्रमा अग्रणी भूमिकामा रहेका २५ जना महिलासहित यही फागुन १७ गते काठमाडौँबाट लुक्लातर्फ प्रस्थान गर्ने, फागुन १९ गते स्याङबोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तिकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तरक्रिया जनाएको छ ।    
    
 स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने अध्यक्ष कार्कीले उल्लेख गर्नुभएको छ ।    
    
 यसअघि संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङबोचेमा पुगेर हिमाल पग्लिने क्रम बढेकोप्रति विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । संयुक्त राष्ट्रसङ्घले ‘इन्भेस्ट इन वुमन : एक्सलेरेट प्रोग्रेस’ (गतिशील प्रगतिका लागि महिलामा लगानी’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय महिला दिवस २०२४ मनाउन गइरहेको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend