Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस  


सूचना कुण्ड
 न्यायाधीश थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस  

 काठमाडौँ, फागुन १३: न्याय परिषद्को आजको बैठकले उच्च अदालतका न्यायाधीश नवराज थपलिया र जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलालाई पदमुक्त गर्न प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।    
    
 प्रधानन्यायाधीश तथा परिषद्का अध्यक्ष विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा आज भएको बैठकले न्यायाधीशद्वय थपलिया र निरौलालाई पदमुक्त गर्न सिफारिस गरेको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले राससलाई जानकारी दिनुभयो ।    
    
 परिषद्ले काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालालाई चेतावनीसहित महोत्तरी सरुवा गरेको छ । जिल्ला न्यायाधीश डा पशुराम भट्टराईले यसअघि नै राजीनामा दिइसक्नुभएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend