Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चन्द्रागिरि नगरपालिकाले रोजगारी दिँदै


सूचना कुण्ड
चन्द्रागिरि नगरपालिकाले रोजगारी दिँदै

 

काठमाडौँ, माघ २९ ः चन्द्रागिरि नगरपालिकाले न्यून आय भएका अथवा स्वरोजगारमा संलग्न नरहेका नगरबासीलाई न्यूनतम रोजगारी दिने भएको छ । 


यसका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०८०/ ०८१ मा नगर क्षेत्रमा रहेका १८ वर्षदेखि ५९ वर्ष सम्मका बेरोजगार नागरिकलाई अगामी फागुन महिनाभित्र आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा सूचिकृत हुन निवेदन दिन आग्रह गरको छ ।

नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत हेमराज अर्यालद्वारा आज यहाँ जारी सूचनाका अनुसार  न्यूनतम रोजगारमा संलग्न हुनका लागि नागरिकताको प्रमाणपत्रकोे प्रतिलिपि, पासपोर्ट साइजको फोटो,स्थायी बसोवास नभएकाको हकमा बसाईसराई वा विवाह दर्ताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक पर्ने छ ।  न्यूनतम रोजगारीमा निवेदन दिन इच्छुकले थप जानकारीका लागि नगरपालिकामा रहेको रोजगार सेवा केन्द्रमा जानकारी लिन सकिने सूचनामा जनाइएको छ । 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend