Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु   


सूचना कुण्ड
अचेत अवस्थामा फेला परेका दुई बच्चाको मृत्यु   

     

काठमाडौँ,  माघ२८ : ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलको एक घरमा अचेत अवस्थामा फेला परेका दुई बालबालिकाको मृत्यु भएको छ ।    
    
 जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको आज साँझ मृत्यु भएको जानकारी दिनुभयो ।    
    
 घरको चौथो तलाबाट हामफालेकी ती बच्चाकी आमा गम्भीर घाइते भई हाल किष्ट अस्पतालमा उपचार भइरहेको कार्कीले बताउनुभयो । आमा हामफालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको ज्यान गएको र आमा गम्भीर अवस्थामा रहेको प्रहरीले जनाएको छ ।    
    
 घटनाको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिनुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend