Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  रु एक करोडमा बागलुङमा कुकुर होस्टेल बनाइने  


सूचना कुण्ड
  रु एक करोडमा बागलुङमा कुकुर होस्टेल बनाइने  

  

बागलुङ, माघ २८: बागलुङ नगरपालिकाले छाडा कुकुर व्यवस्थापनका लागि रु एक करोड लागतमा कुकुर होस्टेल निर्माण गर्ने भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा कुकुरलाई पालनपोषणसहितको होस्टेल बनाउने उल्लेख गरेको थियो ।    
    
यसका लागि नवप्रवर्द्धन कार्यक्रमअन्तर्गत प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा यही माघ २५ गते सम्झौता गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले जानकारी दिनुभयो । नगरपालिकाको रु ३५ लाख र मुख्यमन्त्री कार्यालयको रु ६५ लाख बजेटमा सो होस्टेल निर्माण उहाँले बताउनुभयो ।    
    
“बागलुङ नगरपालिकाले नीति तथा कार्यक्रममार्फत रु २० लाख बजेट विनियोजन गरेको थियो, पछि मुख्यमन्त्री कार्यालयसँग साझेदारीमा रु एक करोड लागतमा होस्टेल निर्माण र व्यवस्थापनसहितको सम्झौता भएको हो”, प्रमुख प्रशासकीय अधिकृत कँडेलले भन्नुभयो ।    
    
उहाँका अनुसार होस्टेल निर्माण गरी असारभित्रै कुकुरका व्यवस्थापन गरिनेछ । होस्टेलमा पशु चिकित्सकसहित हेरचाह गर्ने मानिसको समेत व्यवस्थापन हुनेछ । कुकुर होस्टेल निर्माण गर्न जग्गा खोजीरहेको नगरपालिकाले जनाएको छ ।    
    
बागलुङ बजारमा छाडा कुकुरको बिगबिगी भएकाले दीर्घकालीन नियन्त्रणका लागि पाँच रोपनी जग्गामा होस्टेल बनाउन लागिएको हो नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । छाडा कुकुरको समस्या नियन्त्रण गर्न नगरपालिकाले पशु कार्यालयको समन्वयमा बन्ध्याकरणसमेत गर्दै आइरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend