Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ  


सूचना कुण्ड
सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ  

  
धनुषा, माघ २५ : सरस्वती पूजा नजिकिँदै गर्दा यहाँका मूर्तिकारलाई सरस्वतीको मूर्ति बनाउन भ्याइनभ्याइ छ । अरुबेला फुर्सदमै रहने मूर्तिकारहरुलाई नजिकिँदो सरस्वती पूजाले व्यस्त बनाएको छ । आगामी फागुन २ गते हुने सरस्वती पूजा परेकाले सोही पूजाका लागि मूर्ति बनाउन उनीहरु व्यस्त भएका हुन् ।    
    
 पूजामा प्रयोग गरिने मूर्तिको बिक्रीबाट अर्थोपार्जन गर्ने उद्देश्यले माटोबाट सरस्वतीको प्रतिमा बनाउन थालिएको मूर्तिकार रामकुमार मण्डल बताउनुहुन्छ । धनुषाका करिब ४० ठाउँमा मूर्तिकारहरुले मूर्ति बनाइरहेका छन् ।    
    
 धनुषाको तिनकौरीया चोक, यदुकोहा बजार, सबैला बजार, भठियन, वीरेन्द्रबजार, गोदार, ढल्केवर, महेन्द्रनगर, सपही चोक, लक्ष्मीनिया बजार, तरापट्टी बजार, धनुषाधाम, धरापानी, कुर्था बजार, जनकपुरधामको मुजेलिया, क्याम्पस चोक, विद्यापति चोक शुक्रबारी हटिया, बिन्दही, महुवालगायतका मूर्तिकारहरु सरस्वतीको मूर्ति बनाउन व्यस्त देखिएका छान् ।    
    
 मूर्तिकार मण्डलले यस वर्षका लागि २७ वटा मूर्ति बनाइसक्नुभएको छ । उहाँसँग प्रतिगोटा रु तीन हजारदेखि १५ हजारसम्मका मूर्ति छन् ।    
    
 अर्का मूर्तिकार रामनारायण पण्डितले ३५ वर्षदेखि मूर्ति बनाउँदै आएको बताउनुभयो । “आवश्यकताअनुसार ठाउँठाउँमा पुगेर मूर्ति बनाउँदै आइरहेको छु”, उहाँले भन्नुभयो । पण्डितको मुख्य पेशा नै मूर्ति बनाउने हो । सरस्वती पूजाका लागि रु पाँच हजारदेखि ३० हजारसम्मका मूर्ति बनाएर बिक्री गरिरहेको उहाँले बताउनुभयो ।    
    
 सरस्वतीको एउटा मूर्ति तयार गर्न करिब चार जनालाई पाँचदेखि १० दिनसम्म लाग्ने उनीहरुको भनाई छ । कतिपय मूर्तिकारले स्थानीयलाई रोजगारी पनि दिएका छन् । माटो, काठ, रङ कपडा तथा परालबाट मूर्ति बनाइन्छ ।    
    
 विशेषगरी सरस्वती पूजाका लागि बनाइएका मूर्ति त्यस दिन विद्यालय तथा घरमा लगी विद्यार्थी एवं साधकहरुले पूजा गर्ने गर्दछन् ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend