Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

डढेलो गाउँ पस्दा घरगोठ खरानी


सूचना कुण्ड
डढेलो गाउँ पस्दा घरगोठ खरानी

    
  उदयपुर, माघ २४  : उदयपुरको उत्तरपश्चिमी पहाडी भेगको ताप्ली गाउँपालिका–१ ओख्ले डाँडागाउँमा डढेलो गाउँ पस्दा स्थानीयको घरगोठ जलेर खरानी भएको छ । बनमा आज लागेको डढेलोले स्थानीय रमेश मगरको घरगोठ जलेर खरानी भएको हो ।    
    
 ताप्ली–१ ओख्लेका वडाध्यक्ष उद्धव हमालका अनुसार गाउँ नजिकैको सल्लाघारी वनमा आगलागी भएको हो । उहाँले भन्नुभयो, “घरको अन्नपात, भाँडाकुँडालगायत सामग्री जलेर नष्ट भएको छ ।” वन क्षेत्रमा लागेको डढेलो बेस्सरी हावा चल्दा गाउँमा पसेको उहाँले बताउनुभयो । डढेलोका कारण अन्य घर पनि जोखिममा रहेका वडाध्यक्ष हमालले बताउनुभयो ।    
    
 आगलागीबाट भएको क्षतिको विवरण सङ्कलन गर्न प्रहरीचौकी रुपाटारबाट टोली घटनास्थलमा गएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक सुभास राईले बताउनुभयो ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend