Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

माैसम : पहाडी भू-भागमा आंशिक बदली   


सूचना कुण्ड
माैसम : पहाडी भू-भागमा आंशिक बदली   


काठमाडौँ, माघ २३:  हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव छ । देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । तराईका थोरै स्थानहरुमा हुस्सु र कुहिरो लागेको छ ।    
    
 आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “देशको उच्च पहाडी तथा हिमाली भू-भागमा आशिंक बदली भएको छ, कैलालीको धनगढीमा हुस्सु र तराईका सम्पूर्ण भू-भागमा कुहिरो लागेको छ, आजसहित एक दुई दिनका लागि वर्षाको सम्भवना न्यून रहेपनि केही प्रदेशमा हिमपातको सम्भवना छ ।”    
    
 कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमपूर्वानुमान महाशाखाले जनाएको छ ।     
    
 अहिले काठमाडौँको वायुको तापक्रम १० डिग्री सेन्टिग्रेड मापन गरिएको तथा पारदर्शिता तीन हजार पाँच सय मिटर रहेको छ । यसैगरी काठमाडौँको आजको न्यूनतम तापक्रम तीन दशमलव पाँच डिग्री रहेको तथा आज अधिकतम तापक्रम १८ देखि २० डिग्री सेन्टिग्रेड रहने मौसमविद् पुडासैनीले बताउनुभयो । उहाँका अनुसार काठमाडौँमा वर्षाको सम्भवना नरहेको र काठमाडौँको मौसम आजका लागि मुख्यतया सफा रहने छ ।    
    
 यसैगरी आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना जनाएको छ ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend