Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई 


सूचना कुण्ड
 तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबलको उपाधि एपीएफलाई 

   

कञ्चनपुर, माघ २० : महेन्द्रनगरस्थित खुला मञ्चमा भएको तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि विभागीय टोली एपीएफ हात पारेको छ ।    
    
 आज भएको फाइनलमा गण्डकी प्रदेश लाई ३–१ सेटले पराजित गर्दै एपीएफ उपाधि हात पारेको हो । उपाधि विजेता एपीएफले नगद रु चार लाख, प्रमाणपत्र र ट्रफी र उपविजेता गण्डकी प्रदेशले नगद रु दुई लाख, प्रमाणपत्र र ट्रफी हात पारेको हो ।    
    
 त्यसअघि भएको खेलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै तेस्रो स्थान हात पारेको छ । पुलिसले आर्मीलाई ३–१ सेटले पराजित गरेको हो । तेस्रो पुरस्कार प्राप्त गर्न सफल पुलिसले नगद रु एक लाखसहित प्रमाणपत्र र मेडल प्राप्त गरेको छ । त्यसैगरी, त्रिभुवन आर्मी क्लबले स्वान्तवना पुरस्कार रु ५० हजार प्राप्त गरेको छ ।    
    
 सुदूरपश्चिम खेलकुद परिषद्को आयोजनामा यही माघ १४ गतेदेखि सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो । प्रतियोगितामा विभिन्न आठवटा विधामा खेलाडीलाई पुरस्कार प्रदान गरेको भलिबलका मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टले बताउनुभयो ।    
    
 “सेमिफाइनलदेखिका चारवटा खेलमा आठ विधामा पुरस्कार प्रदान गरिएको छ”, उहाँले भन्नुभयो, “प्रतियोगितामा उत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कृत गरिएको छ ।”    
    
 प्रतियोगिताका उत्कृष्ट सर्भर एपीएफका खेलाडी हेमन्त मल्ल, उत्कृष्ट सेटर नेपाल पुलिस क्लबका इम राना, उत्कृष्ट स्पाइकरको उपाधि गण्डकी प्रदेशका खेलाडी रवि केसीले हात पारेका छन् । यसैगरी, उत्कृष्ट ब्लकरमा गण्डकी प्रदेशका इन्द्र बिके, उत्कृष्ट डिफेन्डर एपीफका विनोद चन्द, बेस्ट प्लेयर एपीफका विजय थापा, उत्कृष्ट प्रशिक्षक एपीएफका पुष्पजङ्ग मल्ल भएका छन् ।    
    
 प्रतियोगिताको उदयिमान खेलाडीको उपाधि सुदूरपश्चिमका अर्जुन नेपालीले प्राप्त गरेका छन् । सुदूरपश्चिम खेलकुद परिषद्को आयोजना र कञ्चनपुर जिल्ला भलिबल सङ्घको व्यवस्थापन तथा समन्वयमा महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता सुरु भएको थियो । प्रतियोगितामा तीन विभागीय तथा सात प्रदेशका टोली सहभागी थिए ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend