Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक घाइते   


सूचना कुण्ड
सुक्खा पहिरोले कोशी राजमार्ग अवरुद्ध, पहिरोमा परी एक घाइते   



सङ्खुवासभा,  माघ २०: सङ्खुवासभाको उत्तर-दक्षिण कोशी राजमार्गअन्तर्गतको खाँदबारी-किमाथाङ्का सडक सुक्खा सडक पहिराका कारण अवरुद्ध भएको छ । मकालु-३ हेदाङ्नास्थित नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी अवरुद्ध भएको हो ।    
    
 मकालु-३ नयाँबस्तीमा सुक्खा पहिरो खसेपछि उत्तर-दक्षिण कोशी राजमार्ग अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनियर सविन कोइरालाले जानकारी दिनुभयो ।    
    
आज बिहान ८ बजे खसेको सुक्खा पहिरोमा परेर रामेछापका २१ वर्षीय स्काभेटर सहचालक सविन केसी घाइते भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । घाइते केसीको उपचारका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरी निरीक्षक लामिछानेले बताउनुभयो । पहिरोमा बरुण निर्माण सेवा कम्पनीको एक थान स्काभेटसमेत पुरिएको छ । उक्त क्षेत्रमा बरुण निर्माण सेवा कम्पनीले सडक स्तरोन्नतिको काम गरिहेको छ । अवरुद्ध कोशी राजमार्गको पहिरो हटाउने काम भइरहेको उत्तर-दक्षिण कोशी सडक आयोजनाका प्रमुख इन्जिनियर कोइरालाले बताउनुभयो ।    
    
सडक अवरुद्ध भएपछि भोटखोलाबाट सदरमुकाम खाँदबारी आउने दर्जनौँ यात्रु नयाँबस्ती नजिकै अलपत्र परेका छन् ।    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend