Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कटन क्याण्डीमा ‘रोडामाइन वी’ प्रयोग गरिएकाले नखान आग्रह  


सूचना कुण्ड
कटन क्याण्डीमा ‘रोडामाइन वी’ प्रयोग गरिएकाले नखान आग्रह  

  
    सूचनाकुण्ड समाचारदाता

काठमाडौँ, माघ१२  : कटन क्याण्डीमा अखाद्य रङ ‘रोडामाइन वी’को प्रयोग गरिएकाले नखान आग्रह गरिएको छ ।    
    
 खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका प्रवक्ता कृष्णमोहन महर्जनले काठमाडौँ विभिन्न स्थानका सडकपेटी, मेलाबजारमा बेच्न राखिएका रङ्गिन कटन क्याण्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पु¥याउने खालका अखाद्य रङ रोडामान वीको प्रयोग गरिएकाले नखान आग्रह गरिएको बताउनुभयो । उहाँले खुलारुपमा बिक्री वितरण गरिरहेका कटन क्यान्डीको उपभोग नगर्न र आफ्ना बालबालिकालाई नदिनसमेत अनुरोध गर्नुभयो ।    
    
 विभागले अखाद्य रङ्गको प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री वितरण नगर्न÷नगराउनसमेत सबैलाई अनुरोध गरेको छ । “कतै अखाद्य रङ प्रयोग गरी कटन क्यान्डी उत्पादन तथा बिक्री विवरण गरेको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुने व्यवहोरा सबैलाई जानकारी गराइन्छ”, विभागद्वारा जारी सूचनामा भनिएको छ ।    
    
 कान्ति बाल अस्पतालका निर्देशक डा पङ्कज रायले कटन क्यान्डीमा चिनीको मात्रा बढी, प्राकृतिक केमिकल, अखाद्य पदार्थ रहने भएकाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने बताउनुभयो । उहाँका अनुसार कटन क्यान्डीले दाँतमा किरा लाग्ने, तौल बढाउने, स्मरण शक्तिमा कमी, पिसाबमा रङ देखिनेलगायत समस्या हुने गर्दछ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend