Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना छैन  


सूचना कुण्ड
  तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना छैन  

  
 सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, माघ१२ : आगामी तीन दिनसम्म देशभर ठूलो वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो वर्षाको सम्भावना नभए पनि कतैकतै छिटफुट वर्षा हुनसक्ने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो ।    
    
 काठमाडौँमा  यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको भन्दै उहाँले विस्तारै देशभर चिसो हुने क्रम बढिरहेको बताउनुभयो । उहाँका अनुसार काठमाडौँमा  न्यूनतम तापक्रम तीन डिग्रीमा झरेर सोमबारको रेकर्ड तोडेको हो । यसअघि गत सोमबार तीन दशमलव दुई डिग्री मापन गरिएकामा शून्य दशमलव दुई डिग्री झरेपछि  यस वर्षकै सबैभन्दा कम तापक्रम मापन गरिएको मौसमविद् लामिछानेले जानकारी दिनुभयो । अधिकतम तापक्रम १६.६ डिग्री मापन गरिएको छ ।    
    
  सबैभन्दा कम तापक्रम जोमसोमको रहेको लामिछानेले बताउनुभयो । तराईमा बाक्लो हुस्सु र कुहिरो जारी रहने तथा हिमाली क्षेत्रमा हिमपात र पहाडी क्षेत्रमा बादल लागेर घाम कम लाग्ने भन्दै देशभर चिसो बढ्ने क्रममा रहेको उहाँले बताउनुभयो । यो समयमा चिसोबाट बच्न विभागले सबैमा अनुरोध गरेको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend