Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आयोडिनयुक्त नुनको फाइदा बुझेपछि ...  


सूचना कुण्ड
आयोडिनयुक्त नुनको फाइदा बुझेपछि ...  

  
   सूचनाकुण्ड समाचारदाता
पर्सा, माघ११ : विगत केही वर्षअघिसम्म भारतीय नुनको उपभोग गर्दै आएका पर्साको भारतीय सीमावर्ती क्षेत्रका स्थानीय आयोडिनयुक्त नुनप्रति आकर्षित हुन थालेका छन् । आयोडिनयुक्त नुनको महत्व र फाइदाबारे प्रचारप्रसार, स्थानीय प्रशासनले भारतीय नुनको आयातमा कडाइ र आयो नुनको सहज आपूर्तिसँगै सीमावर्ती क्षेत्रका स्थानीयले दुई बालबालिकाको चिह्न भएको आयोडिनयुक्त नुनको प्रयोग गर्न थालेका हुन् ।    
    
आयोडिनयुक्त नुनको फाइदाबारे बुझेपछि भारतीय ढिके नुन खान छाडेर आयोडिनयुक्त नुन उपभोग गर्न थालेका छौँ, पर्साको छिपहरमाई गाउँपालिकाको भिस्वाका जमालुदिन मियाँले भन्नुभयो, “आयो नुनको फाइदाबारे थाहै थिएन, त्यसैले हामी भारतीय ढिके नुनको प्रयोग गर्दै थियौँ, अब भन्ने आयोडिन नुनकै प्रयोग गर्न थालेका छौँ ।”    
    
साल्ट्र ट्रेडिङले गाउँमै आयोडिनयुक्त नुनको फाइदा र महत्वको विषयमा समय समयमा प्रचारप्रसार गरेपछि आयोडिनयुक्त नुनप्रति आकर्षण बढेको उहाँको कथन छ । आयोडिनयुक्त नुन प्रयोग गरेपछि मानसिकरुपमा फुर्तिलो, शारीरिक रुपमा स्वस्थ्य, स्मरण शक्तिको वृद्धिसँगै बालबालिकामा पढ्ने रुचिको विकास हुन्छ, तर भारतीय ढिके नुनमा त्यस्तो कुनै फाइदा नदेखिएपछि आयोडिन नुन खान सुरु गरिएको सिरहाको ठोरी गाउँपालिका–४ का शम्भु श्रेष्ठले बताउनुभयो ।    
    
उहाँले भन्नुभयो, “करिब तीन÷चार वर्षअघि सम्म गाउँका प्रायः धेरै स्थानीयले भारतीय ढिके नुन खान्थे, तर अब अधिकांशले आयो नुनको प्रयोग गर्न थालिसकेका छन् ।” आयो नुनभन्दा सस्तो र खरिद गरेर सहजरुपमा ल्याउन सकिने भएकाले स्थानीयमा ढिके नुनको चाहट थियो, तर अब आयो नुन पनि गाउँमै सहजरुपमा आउन थालेकाले पनि आयो नुन खान थालेको उहाँको भनाइ थियो ।    
    
प्रहरीले पनि भारतीय नुन आयातमा कडाई गरेपछि भारतीय ढिके नुन बन्द भएको उहाँको भनाई छ । आयोडिनयुक्त नुन बजारमा रु २० मा बिक्री भइरहेको छ भने भारतीय नुन प्रतिप्याकेट भारतीय रु १० मा बिक्री भइरहेको छ । भारतीय सिमासँग जोडिएको पर्साको वीरगञ्ज महानगरपालिका, छिपहरमाई गाउँपालिका, ठोरी, पटेर्वासुगौलीलगायतका स्थानमा भारतीय ढिके नुनको प्रयोग बढी भइरहेको थियो, साल्ट्र ट्रेडिङ कार्पाेरेसन पर्सा वीरगञ्जका प्रमुख अमोज लामिछानेले भन्नुभयो, “भारतीय नुन प्रयोग भइरहेको स्थानमा आयोडिन नुनको प्रचारप्रसार गरेपछि अहिले भारतीय नुनको प्रयोगमा करिब ९० प्रतिशत कमी आएको छ ।”    
    
स्थानीयको आयो नुनप्रति आकर्षण बढेसँगै पर्सा, बारालगायतका जिल्लामा आयोडिनयुक्त नुनको माग बढेको प्रमुख लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वर्षअघिसम्म पर्सा, बारा, रौटहट र सर्लाीमा गरी मासिक करिब १०÷१२ हजार बोरा आयो नुन खपत हुँदै आएकोमा पछिल्लो केही वर्षदेखि मासिक २० हजार बोरा आयो नुन खपत हुन थालेको छ ।    
    
अघिल्लो आर्थिक वर्ष २०७९÷०८० मा दुई ४० हजार बोरा आयो नुन खपत भएको प्रमुख लामिछानेको भनाइ छ । साल्ट्र ट्रेडिङ कार्पाेरेसन पर्सा वीरगञ्जले पर्साको ११ , बाराको नौ , रौतहटको पाँच र सर्लाहीका सात गरी ३२ डिलरमार्फत चार जिल्लामा नुन बिक्री गर्दै आएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend