Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  प्रधानमन्त्री कप क्रिकेट : आर्मी क्लबद्वारा एपिएफ क्लब पराजित  


सूचना कुण्ड
  प्रधानमन्त्री कप क्रिकेट : आर्मी क्लबद्वारा एपिएफ क्लब पराजित  

सूचनाकुण्ड समाचारदाता
रुपन्देही,  माघ ९  : प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले एपिएफ क्लबलाई पराजित गरेको छ । आर्मीले एपिएफलाई चार विकेटले हराएको हो ।    
    
 रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा आज टस जितेर आर्मीले पहिला फिल्डिङ रोजेको थियो । एपिएफ क्लबले आर्मीलाई जितका लागि एक सय एक सय २२ रनको लक्ष्य दिएको थियो । आर्मीले उक्त लक्ष्य २४औँ ओभरको तेस्रो बलमा ६ विकेट गुमाएर पूरा ग¥यो ।    
    
 आर्मीका लागि कप्तान विनोद भण्डारीले अविजित ३४ रन बनाए । उनले ४० बल खेल्ने क्रममा चार चौका र एक छक्का प्रहार गरे । यस्तै कुशल मल्लले १९ र बसिर अहमदले १८ रन बनाए । बलिङतर्फ एपिएफ क्लबका रमेश कुर्मीले दुई तथा मौसम ढकाल र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए ।    
    
 यसअघि एपिएफ क्लबका लागि ब्याटिङ गर्ने क्रममा कप्तान रोहितकुमार पौडेलले अद्र्धशतकीय पारी खेले । उनले एक सय तीन बल खेल्ने क्रममा दुई छक्का र दुई चौकाको मद्दतमा ५९ रन बनाए । यस्तै भुवन कार्कीले १६ तथा सुमित महर्जनले १४ रन बनाए । बलिङतर्फ आर्मीका सोमपाल कामीले तीन, अविनाश कर्णले दुई तथा विवेक यादव, साहब आलम र बसिर अहमदले एक एक विकेट लिए । खराब मौसमका कारण ५० ओभरको खेल ३६ ओभरमा झारिएको थियो । बुधबार त्रिभुवन आर्मी क्लब र लुम्बिनी प्रदेशबिच खेल हुनेछ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend