Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

बाजुरामा उपचार हुन नसकेपछि गर्भवतीको हवाई उद्धार   


सूचना कुण्ड
बाजुरामा उपचार हुन नसकेपछि गर्भवतीको   हवाई उद्धार   

सूचनाकुण्ड समाचारदाता
बाजुरा,  माघ ६ : जिल्लाका पूर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिका–२ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट आज दुई गर्भवतीको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । बुढीनन्दा नगरपालिका–१ जमसालकी २५ वर्षीया सम्झना खत्री र सोही वडाको पिपलडालीकी २९ वर्षीया सरस्वती विष्टको उद्धार गरी सुर्खेत पठाइएको डा रञ्जित शाहले बताउनुभयो ।    
    
 खत्रीको पेटमै बच्चाले दिसा गरेको र तत्काल अप्रेसन गर्नुपर्ने हुँदा कोल्टीमा सम्भव नभएपछि थप उपचारका लागि सुर्खेत रिफर गरिएको डा शाहको भनाइ छ । गर्भवती विष्टलाई भने सुत्केरी व्यथा लागेको लामो समय भइसक्दा पनि बच्चा नजन्मेकाले तत्काल अप्रेशन गर्नुपर्ने भएकाले सुर्खेत पठाइएको डा शाहको भनाइ छ ।    
    
 डा शाहका अनुसार कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा जिल्ला अस्पताल बाजुराबाट अक्सिजन भरेर ल्याउने गरेको भए पनि अस्पतालमा अक्सिजन प्लान्ट बिग्रेपछि गर्भवतीलाई रिफर गरिएको हो । गर्भवतीको राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले जानकारी दिनुभयो ।    
    
 दुर्गम तथा विकट जिल्लाका गर्भवती र सुत्केरीको उद्धारका लागि राष्ट्रपति महिला उत्थान कार्यक्रम प्रभावकारी बन्दै गएको छ । सो जटिल बिरामीलाई हेलिकप्टरबाट राष्ट्रपति उद्धार कार्यक्रमअन्तर्गत निःशुल्क हवाई उद्धार गर्ने गरेको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend