Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सहिद गङ्गालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा मल्ल 


सूचना कुण्ड
सहिद गङ्गालाल हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा मल्ल 

       
    सूचनाकुण्ड समाचारदाता    
काठमाडौँ, माघ ३: सरकारले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गरेको छ ।    
    
सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले नरदेवी आयुर्वेद चिकित्सालय विकास समितिको अध्यक्षमा भने रमेशचन्द्र न्यौपानेलाई मनोनयन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिनुभयो ।    
    
 बैठकले नागरिक लगानी कोषको रिक्त कार्यकारी निर्देशकमा पर्वतकुमार कार्की तथा सांस्कृतिक संस्थानको रिक्त महाप्रबन्धक पदमा सानीभेरी गाउँपालिका–६ रुकुमपश्चिमका किरणबाबु पुनलाई नियुक्त गरेको छ ।    
    
 मन्त्रिपरिषद्ले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०८० जारी गर्न नेपालको संविधानको धारा १२४ को उपधारा (१) बमोजिम राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको मन्त्री शर्माले जानकारी दिनुभयो । बैठकले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको छ ।    
---   


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend