Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो  


सूचना कुण्ड
उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो  

सूचनाकुण्ड समाचारदाता
नुवाकोट, पुस२६ : पौष कृष्ण पक्षको औँसीको अवसरमा आज नुवाकोट र रसुवाको सङ्गमस्थल बेत्रावतीको उत्तरगयामा पितृको उद्धारका निम्ति श्राद्ध गर्नेको दिनभर घुइँचो लागेको थियो । यहाँको प्रख्यात नदी ली, सलाखु र फलाँखुको त्रिवेणीस्थल बेत्रावतीमा श्राद्ध गर्नाले पितृहरुको उद्धार हुने जनविश्वास छ ।    
    
 मुलुकका विभिन्न स्थानबाट आज ३० हजारभन्दा बढीले यहाँ श्राद्ध गरेका उत्तरगया क्षेत्र विकास कोषका अध्यक्ष अष्टमान डङ्गोलले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार दक्षिणायनको अन्तिम औँसीका रुपमा रहेको पौषकृष्ण औँसीका दिन उत्तरगयामा पितृलाई पिण्डदान गर्नाले दिवङ्गत व्यक्तिको बैकुण्ठमा बास हुने, जीवनमा जान/अन्जानमा भए/गरेका गल्ती क्षमा हुने धार्मिक विश्वास रहेको छ ।    
    
 आज बिहानैदेखि पितृको श्राद्ध गर्न आउनेको सङ्ख्या अहिलेसम्मकै धेरै रहेको डङ्गोलले जानकारी दिनुभयो । “बेत्रावती उत्तरगयाधाम हिन्दू धर्मालम्वीको प्रमुख चारधाममध्ये कै मुख्य हो । यसलाई नेपालमा रहेको एकमात्र धामका रुपमा पुज्ने गरिएको छ”, उहाँले भन्नुभयो ।    
    
 उत्तरगयामा पौष कृष्ण औँसीका दिन आमाबाबु नभएकाले सकेसम्म हरेक वर्ष नभए जीवनमा एकपटक भए पनि पिण्डदान गर्नुपर्छ भन्ने विश्वासका साथ हरेक वर्ष यहाँ श्राद्ध गर्नेको घुइँचो लाग्ने गरेको नीलकण्ठ मावि बेत्रावतीका शिक्षक गणेश श्रेष्ठले बताउनुभयो । त्रिशूली, सलाँखु र फलाँखुको त्रिवेणीमा पर्ने उत्तरगया क्षेत्र नुवाकोटको गेर्खु, फिकुरी, मेदाङ भञ्याङ, देवीघाट र रसुवाको मैलुङसम्म फैलिएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend