Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक 


सूचना कुण्ड
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक 

   
  सूचनाकुण्ड समाचारदाता
गोरखा, पुस१८ : प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रमा सन् २०२३ मा अहिलेसम्मकै सर्वाधिक पर्यटक घुम्न पुगेका छन् । एक वर्षको अवधिमा यस वर्ष नौ हजार एक सय ६६ विदेशी पर्यटकले यस क्षेत्रको भ्रमण गरेको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप)का प्रमुख सन्तोष शेरचनले जानकारी दिनुभयो ।    
    
 “यस वर्ष अहिलेसम्मकै सर्वाधिक विदेशी पर्यटक मनास्लु क्षेत्रको भ्रमणमा आइपुगे”, उहाँले भन्नुभयो, “पछिल्लो समय यस क्षेत्र पर्यटकको अत्यधिक रोजाइमा पर्न थालेको छ ।” सन् २०२२ मा यस क्षेत्रमा छ हजार एक सय दुई विदेशी पर्यटकले भ्रमण गरेका थिए ।    
    
 यसअघि सन् २०१९ मा सात हजार पाँच सय ५५ जनाले, सन् २०१८ मा सात हजार छ सय ५४ जनाले भ्रमण गरेकामा कोरोना सङ्क्रमणका कारण सन् २०२० मा तीन सय ३७ र सन् २०२१ मा नौ सय २५ जनाले मात्र मनास्लु क्षेत्र भ्रमण गरेको कार्यालय प्रमुख शेरचनले जानकारी दिनुभयो । विश्वमाझ चर्चा कमाउँदै गएको यस क्षेत्रमा सन् २०२४ मा १२ हजार विदेशी पर्यटकले घुम्न आउने अनुमान गरिएको उहाँको भनाइ थियो ।    
    
 पदयात्रा गर्ने पर्यटकले चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृङ्गी हिमाल, राजेन र मु गुम्बा अवलोकन गर्न पाउनेछन् भने नुब्री भ्यालीतर्फ कल्छुमन (काल) ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र ताल अवलोकन गर्दै लार्के पास गरेर मनाङ पुग्न सक्छन् । त्यस्तै चुम भ्याली शृङ्गी हिमाल, भर्जिन हिमाल अवलोकनका साथै योगाभ्यासका लागि पनि विदेशी पर्यटक आउने गन्तव्य बन्दै गएको छ । यी दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउँछन् । मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले पनि विशेष महत्वको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको छ ।    
    
 विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणका लागि प्रतिव्यक्ति रु एक हजार शुल्क तिर्नुपर्छ । निषेधित क्षेत्रको रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुला गरेको थियो ।     
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend