Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

पाथीभराको भेटी रकम साढे आठ करोड  


सूचना कुण्ड
पाथीभराको भेटी रकम साढे आठ करोड  

  
 सूचनाकुण्ड समाचारदाता
फुङ्लिङ (ताप्लेजुङ)  पुस १३: ताप्लेजुङमा अवस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा रु साढे आठ करोडको भेटी सङ्कलन भएको छ ।    
    
 भक्तजनले पाथीभरामा चढाएको उक्त रकम भेटी सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले फुङ्लिङमा  पत्रकार सम्मेलन गरी सार्वजनिक गरेअनुसार गत मङ्सिर मसान्तसम्ममा रु आठ करोड ४५ लाख ९४ हजार तीन सय ३६ भेटी रकम सङ्कलन भएको छ । पछिल्लो दुई महिना अर्थात् कात्तिक र मङ्सिरमा मात्र रु ६८ लाख ११ हजार एक सय १० भेटी सङ्कलन भएको समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले बताउनुभयो ।    
    
 सङ्कलित भेटी रकममध्ये चालू आर्थिक वर्षयता मङ्सिर मसान्तसम्ममा रु १० लाख ७० हजार सात सय ८७ खर्च भएको समितिले जनाएको छ । सेवा करार तथा ज्यालादारीमा कार्यरत कर्मचारीको पारिश्रमिक, रकम दुवानी तथा व्यवस्थापन, सुरक्षाकर्मीको खाजा, योजना अनुगमन लगायतमा सो खर्च भएको समितिले जनाएको छ । खर्च कटाएर बाँकी रु आठ करोड ३५ लाख २३ हजार पाँच सय ४८ बैंकमा मौज्दात रहेको निर्देशक हाङ्बाङले जानकारी दिनुभयो ।    
    
 बैंकमा मुद्दती खातामा रु छ करोड ८८ लाख मौज्दात रहेको र मौज्दात रकमको पछिल्लो दुई महिनाको ब्याज मात्र रु दुई लाख ५२ हजार चार सय ४० रहेको समितिले जानकारी दिएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend