Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

चार वेदका अनुवादक तिलकप्रसाद लुइँटेलको निधन  


सूचना कुण्ड
चार वेदका अनुवादक तिलकप्रसाद लुइँटेलको निधन  

   
  सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, पुस १०ः संस्कृत भाषाका अन्वेषक तिलकप्रसाद लुईटेलको ६१ वर्षको उमेरमा निधन भएको छ ।    
    
 मिर्गौला र उच्चरक्तचापबाट पीडित लुइँटेलको आज बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको उहाँका सहपाठी घनश्याम कोइरालाले राससलाई जानकारी दिनुभयो ।    
    
 लुइँटेलले ऋग्वेद, सामवेद, यजुर्वेद, अथर्ववेद, मनुस्मृति, विदुरनीति, चाणक्यको सिद्धान्त, गरुडपुराण, श्रीमद्भागवतमहापुराण, छान्दग्योपनिषद, शुक्रनीतिलगायत तीन दर्जनभन्दा बढी महत्वपूर्ण ग्रन्थलाई नेपाली भाषामा अनुवाद गर्नुभएको छ । ‘हिन्दू जातिको उत्थान र पतन’ नामक पुस्तक पनि उहाँले हिन्दीबाट नेपालीमा अनुवाद गर्नुभएको जनाइएको छ । लुइँटेलले धेरै पुस्तक संस्कृत भाषाबाट नेपालीमा अनुवाद गरी नेपाली पाठक तथा नेपाली साहित्यलाई गुन लगाउनु भएको छ ।    
    
 परिश्रमी र स्वाभिमानी स्वभावका उहाँ अध्ययन, अनुसन्धानमा विशेष रुचि राख्नुहुन्थ्यो । स्वर्गीय लुइँटेलका श्रीमती र एक छोरा हुनुहुन्छ । उहाँको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend