Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने 


सूचना कुण्ड
काठमाडौँको तापक्रम निरन्तर घट्दो, चिसो अझ बढ्ने 

सूचनाकुण्ड समाचारदाता  
काठमाडौँ, पुस ५: काठमाडौँ उपत्यकाको तापक्रम दैनिक घट्दो क्रममा छ । काठमाडौँमा आज यस वर्षको अहिलेसम्मकै सबैभन्दा कम तापक्रम मापन भएको छ ।    
    
 बुधबार काठमाडौँको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियस थियोभने आज बिहानको न्यूनतम तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियस मापन भएको मौसमविद् रोजन लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “काठमाडौँमा आज सबैभन्दा कम तापक्रम मापन भएको छ, यो अहिलेसम्मकै कम तापक्रम हो र यो अझै घट्ने सम्भावना छ ।”    
    
 काठमाडौँ उपत्यकाको आज बिहान ५ः४५ बजे ४ दशमलव ८ डिग्री सेल्सियस मापन गरिएको न्यूनतम तापक्रम ८ः४५ बजे घटेर ४ दशमलव ५ डिग्री सेल्सियस कायम भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend