Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सङ्घीय संसद्का महासचिव गौतमद्वारा राजीनामा 


सूचना कुण्ड
सङ्घीय संसद्का महासचिव गौतमद्वारा राजीनामा 

   
   सूचनाकुण्ड समाचारदाता 
 काठमाडौँ मङ्सिर२५ : सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिनुभएको छ ।    
    
 सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार महासचिव डा गौतमले घरायसी कारणले आइतबार महासचिव पदबाट राजीनामा दिनुभएको हो । महासचिव डा गौतम विसं २०५१ मा सेवामा प्रवेश गर्नुभएको थियो भने विसं २०७७ वैशाख २२ गते संसद्को महासचिव पदमा नियुक्त हुनुभएको थियो ।    
    
 रिक्त सङ्घीय संसद्को महासचिव पदमा नेपालको संविधानको धारा १०६ बमोजिम प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका अध्यक्षको संयुक्त निर्णयबाट सचिवालयका सचिव पद्यमप्रसाद पाण्डेको नाम सिफारिस गरिएको छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend