Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

छ किलो सुनसहित विदेशी नागरिक पक्राउ 


सूचना कुण्ड
छ किलो सुनसहित विदेशी नागरिक पक्राउ 

   
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, मङ्सिर २४ ः त्रिभुवन विमानस्थल भन्सार कार्यालयले त्रिभुवन विमानस्थलबाट साढे छ किलो सुनसहित विदेशी नागरिकलाई पक्राउ गरेको छ ।    
    
भन्सार कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयको टोलीले शनिबार राति दुबईबाट ल्याइएको छ किलो पाँच सय ९० ग्राम सुनसहित इजिप्टका नागरिक मोहमद मोगामद लसिमलाई पक्राउ गरेको हो ।    
    
विमानस्थल भन्सार कार्यालयका प्रमुख टोकराज पाण्डेले दुबईबाट फ्लाई दुबईको उडान नम्बर एफजेड ५९७ बाट आएका सालेहलाई शनिबार राति पक्राउ गरिएको राससलाई जानकारी दिनुभयो । कार्यालयले उक्त सुन कारोबारीका सम्बन्धमा अन्य दुईजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको विस्तृत विवरण खुलाइएको छैन । कार्यालयले पक्राउ लसिमले पाउडर बनाएर ल्याएको साढे छ किलो सुन बरामद गरेको हो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend