Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै 


सूचना कुण्ड
जीर्ण कारागारमा कैदीको भीड, नयाँ पक्की भवन रित्तै 

   
सूचनाकुण्ड समाचारदाता 
ओखलढुङ्गा, मङ्सिर २३  :: ओखलढुङ्गामा नवनिर्मित कारागार भवन प्रयोगमा नआउँदा कैदीबन्दी राख्न समस्या भएको छ । सुरक्षा पर्खाल नबन्दा जिल्ला कारागारको नयाँ पक्की भवनमा कैदीबन्दी सार्न समस्या भएको हो ।    
    
तीस जनाको क्षमताको पुरानो कारागार भवनमा अहिले ८४ जना बन्दी छन् । पुरानो कारागार जीर्ण छ । विसं २०७२ को भूकम्पले चर्किएको र संरचना नै पुरानो भएकाले भवन जोखिमयुक्त छ । पुरानो भवनसँगैको महिला बन्दीका लागि बनाइएको सुविधासम्पन्न कारागार भवनको वरिपरि सुरक्षा पर्खाल बन्न नसक्दा उक्त कारागार भवन अहिले रित्तै छ । जीर्ण बनेको पुरानो कारागारमा भने बन्दीलाई कोचाकोच गरेर राख्नुपर्ने बाध्यता छ ।    
    
विसं २०८० असारमै निर्माण सम्पन्न भएको कारागारमा बजेट अभावका कारण सुरक्षा पर्खाल बन्न नसक्दा बन्दी सार्न नसकिएको निमित्त कारागार प्रमुख नरेन्द्रलाल कर्णले बताउनुभयो । “निकै समस्या छ । कारागार भवन त बन्यो, हामीले पहल पनि गर्यांै, गरिरहेका छौँ तर सुरक्षा पर्खालको लागि बजेट नआएको कारण त्यो भवनमा कैदी सार्न पाइएको छैन ।” उहाँले भन्नुभयो, “अनुगमनमा आउने जिम्मेवार सरोकारवालालाई यहाँका समस्या सुनाइन्छ तर समाधान हुँदैन ।” सुरक्षा पर्खाल बनेमा नयाँ पक्की कारागारमा महिला कैदीलाई सार्न मिल्ने र पुरुष कैदीलाई हालको महिला कारागारमा राख्ने योजना छ ।    
    
पन्ध्र जना पुरुष कैदीबन्दीको क्षमता भएको कारागारमा पाँच गुणा बढी ७८ जना कैदी राखिएको छ तर १५ जनाकै क्षमता भएको महिला कारागारमा जम्मा छ जना मात्रै कैदी छन् । कारागार व्यवस्थापन विभागले रु ५० लाख ४५ हजार ७१३ को लागतमा नयाँ भवन निर्माण गरेको हो ।    
    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend