Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु  


सूचना कुण्ड
कबाडी गोदाममा आगलागी हुँदा दुई जनाको मृत्यु  

  
  सूचनाकुण्ड समाचारदाता   
मोरङ, मङ्सिर २०, : विराटनगर–७ स्थित सातघुम्तीमा रहेको कबाडी गोदाममा आज २ः१५ बजे आगलागी हुँदा दुई जनाको मृत्यु र चार जना घाइते भएका छन् ।    
    
 जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार मृत्यु हुनेमा कबाडी धनी विराटनगर–६ निवासी ४० वर्षीय दीपक मण्डल र प्रारम्भिकरूपमा पहिचान नखुलेका जलेको अवस्थामा एउटा शव घटनास्थलमा भेटिएको छ ।    
    
 विराटनगर–६ की ६५ वर्षीया सुशीला पासवान र सोही स्थान बस्ने ६० वर्षीया रिता सदरदार गम्भीर घाइते भएका छिन् । विराटनगर–६ का ५८ वर्षीय किशोर पासवान र कटहरी गाउँपालिका ३० वर्षीया पिङ्की कामत सामान्य घाइते भएका छन् ।    
    
 विराटनगरकासहित छ वटा बारुणयन्त्र, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीय जनसमुदायको सहयोगमा आगलागी नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दाहालले बताउनुभयो । घाइतेहरुको न्यूरो अस्पताल र कोशी अस्पताल विराटनगरमा उपचार भइरहेको छ । आगलागीका कारण एवं क्षति विवरण थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend