Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मनाङमा भारी हिमपात, जनजीवन कष्टकर  


सूचना कुण्ड
मनाङमा भारी हिमपात, जनजीवन कष्टकर  

  
 सूचनाकुण्ड समाचारदाता 

मनाङ, मङ्सिर १९ : मनाङमा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ । कात्तिक अन्तिम सातादेखि मङ्सिरको पहिलो साताबाट यहाँ हिमपात हुने समय हो ।    
    
 गतवर्ष भने हिमपात अनुकूल समयमा पनि हिमपात भएन । यसवर्ष समयमा नै हिमपात हुँदा जनजीवन कष्टकर बने पनि किसान भने बाली सप्रने भन्दै खुसी भएका छन् ।    
    
 ङिस्याङ गाउँपालिका–५ भ्राकाका पशुपालक किसान सोनाम लामाले परिवारका अन्य सदस्य काठमाडौँ गए पनि आफू र आमा भने पशुचौपायको हेरचाहका लागि हिमपात हुँदा पनि गाउँमै बसेको बताउनुभयो । उहाँले भन्नुभयो, “परिवारका अरु सदस्य काठमाडाैँ गए । हामी भने पशुचौपायको हेरचाहका लागि यही बसेका छौँ ।” हिमपात भएपछि चिसो बढेको उहाँले बताउनुभयो ।    
    
 ङिस्याङ–१ का पशुपालक किसान याङदुङ गुरुङले यसवर्ष समयमा हिमपात हुँदा स्थानीयवासी खुसी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले परेको हिउँ फागुन, चैतसम्म रहन्छ र पानी खेतीपातीलाई पानी पुग्छ । यसले उत्पादन पनि राम्रो हुन्छ ।” हिमपात हुँदा चिसोले पशुचौपायलाई घाँसपात र कुडोपानी गर्न र घर बाहिर निस्कनै मुस्किल भएको पनि उहाँले बताउनुभयो ।    
    
 मनाङका प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानले हिमपातका कारण जनजीवन कष्टकर भएको बताउनुभयो । उहाँले हिमपात जारी रहेकाले पर्यटक, स्थानीयवासी, कर्मचारी, कामदारलाई सचेत रहन आग्रह गर्नुभयो । सदरमुकाम चामेसम्म भारी हिमपात भइरहेको छ भने नासों गाउँपालिकाको डाँडाकाँडामा पनि हिमपात जारी छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend