Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प  


सूचना कुण्ड
मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्प  

  
  सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, ७ मङ्सिर:  : मकवानपुरको चित्लाङ केन्द्रविन्दु भएर भूकम्पको परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गए राति १ बजेर १९ मिनेटको समयमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको हो ।    
    
केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारीले काठमाडौँ, मकवानपुर र धादिङ गरी तीनवटै जिल्लाको सिमानामा पर्ने चित्लाङमा परकम्प गएको जानकारी दिनुभयो । परकम्प काठमाडौँ नजिक भएकाले आसपास जिल्लामा ठूलो धक्का महसुस गरिएको उहाँले उल्लेख गर्नुभयो ।    
    
काठमाडौँसहित धादिङ, मकवानपुरमा परकम्पको ठूलो धक्का महसुस गरिएको थियो । यसअघि मङ्सिर ४ गते बझाङको धमेना केन्द्रविन्दु भएर ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend