Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

साल्टट्रेडिङ कर्पाेरेशनले चिनीको ‘कोटा’ बढायो


सूचना कुण्ड
साल्टट्रेडिङ कर्पाेरेशनले चिनीको ‘कोटा’ बढायो

    
सूचनाकुण्ड समाचारदाता
काठमाडौँ, कात्तिक२३: साल्टट्रेडिङ कर्पाेरेशनले खुद्रा किराना पसलेलाई बिक्रीका लागि प्रदान गर्दै आएको चिनीको ‘कोटा’ बढाएको छ । कर्पाेरेशनले गत मङ्गलबारदेखि उनीहरुलाई व्यवसाय दर्ता प्रमाणपत्रका आधारमा प्रतिपसल १० बोराबाट २० बोरा पु¥याएको हो ।    
    
 प्रतिबोरा चिनीको मात्रा ५० केजी हुन्छ । कर्पाेरेशनका व्यवस्थापक ब्रजेश झाका अनुसार हालसम्म चार सय ५० भन्दाबढी खुद्रा पसलले पाँच हजार बोराभन्दा बढी चिनी बिक्रीका लागि कर्पाेरेशनबाट लगिसकेका छन् । उहाँले भन्नुभयो, “काठमाडाँै उपत्यकासहित अन्यत्रका खुद्रा किराना पसलेले कर्पाेरेशनबाट चिनी लिन सक्छन् ।” उहाँका अनुसार सरकारले नै निर्धारण गरिदिएको प्रतिकेजी एकसय १२ रुपैयाँ ५० पैसामा खुद्रा बिक्री कर्तालाई चिनी बिक्री गरेको हो ।    
    
 कर्पाेरेशनले चाडबाड लक्षित सहुलियत दरको चिनी प्रतिकेजी रु ९७ मा प्रतिव्यक्ति दुई केजीका दरले बिक्री गर्दै आएको छ । सरकारले नियन्त्रणमा लिएको सात सय क्विन्टल चिनी नै कर्पाेरेशनले सहुलियत दरमा बिक्रीवितरण गरिराखेको हो ।    
    
 दसैँ, तिहार, छठजस्ता मुख्य चाडबाडमा देशभर ३५ हजार मेक्ट्रिकटन चिनी खपत हुने गरेको आँकडा छ । तर सरकारले समन्वयकारी भूमिका निर्वाह गर्न नसक्दा पर्वका समयमा आमउपभोक्ताले सधैँ चिनीको समस्या भोग्दै आउने गर्दछन् ।    
    
 सरकारले कर्पाेरेशनलाई भारतसँग जिटुजीमार्फत १० हजार मेक्ट्रिकटन चिनी आपूर्तिका लागि अनुमति दिएको थियो । तर भारत सरकारले केही महिना अगाडि चिनी निर्यातमा परिमाणात्मक बन्देज लगाएपछि आयात रोकिएको छ । कर्पाेरेशनले चिनी बिक्री वितरणलाई सहज बनाउन उच्च प्राथमिकता दिएको व्यवस्थापक झाले बताउनुभयो ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend