Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

वन समूहको सहयोगमा गाउँमा बिजुली


सूचना कुण्ड
वन समूहको सहयोगमा गाउँमा बिजुली

    
सूचनाकुण्ड समाचारदाता 
उदयपुर, कात्तिक १९: उज्यालोको पर्व तिहार नजिकिएसँगै उदयपुरको कटारी नगरपालिका–७ मर्जेतपुरका मोहनसिंह तामाङको घरमा झिलिमिली बत्ती बलेको छ । नेपाल विद्युत् प्राधिकरणको कटारी शाखाबाट विद्युत्को मुख्य प्रशारण लाईनबाट तामाङको घरमा बिजुली जडान भएको हो । तामाङको घरमा बिजुली बाल्नका लागि तामाङनै उपभोक्ता सदस्य भएको सरस्वती सामुदायिक वन उपभोक्ता समूह कटारीले व्यवस्था मिलाएको हो ।    
    
 “समूहले तार र मिटरबक्स जडान गरिदिएको हो”, तामाङले भन्नुभयो,“समूहको सहयोग पाएपछि घरमा बिजुली बल्यो ।” उहाँलगायत गाउँको एक सय घरमा समूहको सहयोगमा बिजुली बलेको छ । समूहको सहयोगले बत्ती बाल्न पाउँदा राहत मिलेको अर्का स्थानीयवासी रामलाल तामाङकाले बताउनुभयो ।    
    
    
गाउँमा बत्ती बाल्न समूहले प्रशारण लाइनसम्म जोड्ने तार र मिटरबक्स खरिद गरी सहयोग गरेको समूहका सचिव कर्णबहादुर तामाङले बताउनुभयो । “समूहले भेलाबाट निर्णय गराएर गाउँमा बिजुली बाल्दै आएका छौँ”, उहाँले भन्नुभयो ।    
    
समूहका अध्यक्ष खड्गबहादुर तामाङका अनुसार हालसम्म गाउँमा बिजुली बाल्न समूहले रु आठ लाखभन्दा बढी खर्च गरिसकेको छ । गाउँमा सबै उपभाक्ताको घर उज्यालो पार्न समूहले बिजुली जडानको काम गरिरहेको छ । आमभेलाको निर्णयसँगै डिभिजन वन कार्यालय कटारी (त्रिवेणी)को सिफारिसमा समूहले गाउँमा बिजुली बाल्ने कार्यक्रममा सहयोग गर्दै आएको अध्यक्ष तामाङले बताउनुभयो ।    
    
कटारी नगरपालिकाको उत्तरपूर्वी वडाको पहाडी भेगमा रहेको उक्त गाउँमा बिजुली नपुग्दा स्थानीयवासीले सोलार र टुकी बाल्दै आएका थिए । बिजुली पुगेसँगै वन समूहले बत्ती बाल्नका लागि कार्यक्रम निर्माण गरी सहयोग गरेको हो । गाउँमा बिजुली जडान भएपछि तिहारसँगै घरघरमा झिलिमिली बत्ती बालिएपछि अहिले गाउँ नै .उज्यालो भएको स्थानीय सोमबहादुर तामाङले बताउनुभयो ।    
–––    


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend