Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

आठविसकोटमा राहत सामग्री  आइपुग्यो 


सूचना कुण्ड
आठविसकोटमा राहत सामग्री  आइपुग्यो 


सूचनाकुण्ड समाचारदाता 
त्रिवेणी (रुकुम पश्चिम), कात्तिक १९ : रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा भूकम्पपीडितलाई राहत साग्रमी आइपुगेको छ । कर्णाली प्रदेश सरकारले नेपाली सेनाको हेलिकप्टरमार्फत आठबिसकोटमा राहत सामग्री पठाएको हो ।    
    
आजदेखि भूकम्पप्रभावित क्षेत्रमा राहत सामग्री वितरण गर्न थालिएको नगरपालिकाले जनाएको छ । सुर्खेतबाट नेपाली सेनाको हेलिकप्टरमार्फत नगरपालिकामा पहिलो चरणमा बिस्कुट, चाउचाउ, त्रिपाललगायत सामग्री आइपुगेको आठबीसकोट नगरपालिकाका जिन्सी शाखा प्रमुख टेकबहादुर चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ठाउँबाट पनि राहत सामग्री आउने क्रम जारी छ ।    
    
नगरपालिकाबाट दाल, चामल, नून, तेललगायत आवश्यक सामग्री तयार गरेर भूकम्प प्रभावित क्षेत्रमा जाने तयारी भइरहको आठबीसकोटका निमित्त प्रमुख प्रशासकीय अधिकृत मनिराज शाहले जानकारी दिनुभयो । पहिलो चरणमा २८ परिवारलाई राहत सामग्रीसँगै बस्नका लागि त्रिपाल वितरण गरिने छ । आजै प्रभावित क्षेत्र आठबीसकोट–११, १२, १३ र १४ वडाका भूकम्पपीडित परिवारलाई राहत सामग्री वितरण गरिने उहाँले जानकारी दिनुभयो । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्र्रविन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो मानवीय तथा भौतिक क्षति बेहोर्नु परेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend