Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

जाजरकोट भूकम्प : रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु 


सूचना कुण्ड
जाजरकोट भूकम्प : रुकुम पश्चिममा उद्धार सकियो, ५२ जनाको मृत्यु 

सूचनाकुण्ड समाचारदाता 
रुकुम पश्चिम  कात्तिक१९ : रुकुम पश्चिममा भूकम्पपीडितको उद्धार सकिएको छ । गए रातिदेखि सुरु भएको उद्धार  सकिएको हो ।    
    
 भूकम्पमा परी जिल्लाभर ५२ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक धर्मेन्द्र खड्काले जानकारी दिनुभयो ।    
    
 निरीक्षकक खड्काका अनुसार ५२ जनाको शव परीक्षणपश्चात परिवारलाई हस्तान्तरण गरिने छ । भैँचालोबाट अधिक प्रभावित आठबीसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० गरेर ५२ जनाको मृत्यु भएको हो । घाइते भएका एक सय ७४ जनाको अस्पतालबाट घर फर्केका छन् ।    
    
 भूकम्पबाट घाइते भएका २७ जनाको हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज, प्रादेशिक अस्पताल सुर्खेत र काठमाडौँ पठाएको थियो । अन्य २६ जनाको भने जिल्ला अस्पताल सल्ले र नगर अस्पताल राडीमा उपचार चलिरहेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो ।    
    
 आठबीसकोट नगरपालिकाको प्रभावित क्षेत्र वडा नम्बर ११, १२, १३ र १४ र सानीभेरी गाउँपालिका–२ मा ठूलो मानवीय क्षतिसँगै भौतिक संरचना पनि क्षति भएको छ । मानवीय क्षति भएको ठाउँको खोजी सकिएकाले अब राहत सामग्री वितरण गरिने आठबीसकोट नगरप्रमुख रवि केसीले जानकारी दिनुभयो ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend