Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

   भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि विशेषज्ञ टोली 


सूचना कुण्ड
   भूकम्प प्रभावित क्षेत्रमा पशुपक्षीको उपचारका लागि विशेषज्ञ टोली 

सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ,  कात्तिक१९ : सङ्घीय कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा विशेषज्ञ टोली खटाएको छ ।    
    
भूकम्पबाट प्रभावित पशुपक्षीको उपचारका लागि मन्त्रालयले चार जना पशु चिकित्सकसहितको दुई टोली प्रभावित क्षेत्रमा पठाएको हो । मन्त्रालयका सचिव डा रेवतीरवण पौडेलका अनुसार पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट डा लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल र डा राकेश प्रजापतिको नेतृत्वमा शम्सेर जिसीलाई भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिम पठाइएको छ ।    
    
उक्त टोली प्रभावित क्षेत्रका पशुपक्षीको उपचारमा खटिने छ । स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मीको समेत परिचालन गरी पशुपक्षीको उपचारमा लाग्ने टोलीले जनाएको छ ।    
    
शुक्रबार राति आएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पबाट पशुपक्षीसमेत प्रभावित भएकाले कृषि तथा पशुपक्षी विकासमन्त्री डा बेदुराम भुसालले प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाउन निर्देशन दिनुभएको थियो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend