Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता  


सूचना कुण्ड
प्रधानमन्त्री दाहालसँग राष्ट्रसङ्घ महासचिव गुटेरेसको भेटवार्ता  

  
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ,  कात्तिक१२ : नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गर्नुभएको छ । मुख्यसचिव डा वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गर्नुभयो ।    
    
 प्रधानमन्त्री दाहालसँग भेट्नुअघि उहाँले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गर्नुभएको छ । महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै, उहाँ आज ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जानुहुने जनाइएको छ ।

 

महासचिव गुटेरेसले मङ्गलबार सङ्घीय सदनलाई सम्बोधन गर्ने   
   
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आगामी मङ्गलबार दिउँसो ४ बजे दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नुहुने भएको छ ।    
    
 प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सदनलाई सोसम्बन्धी जानकारी दिनुभएको हो । उहाँले उक्त दिन दिउँसो ३ बजे ४५ मिनेटभित्रै औपचारिक पोशाकमा बैठक कक्षमा उपस्थित हुन सांसदहरुलाई आग्रहसमेत गर्नुभयो ।    
    
 यसैबीच अर्थमन्त्रीकोतर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले प्रतिनिधिसभामा ‘बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक २०८०’ र ‘भन्सार विधेयक, २०८०’ प्रस्तुत गर्नुभएको थियो । सभामुख देवराज घिमिरेले दुवै विधेयक संशोधनका लागि प्रस्तुत गर्न अनुमति दिनुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही कात्तिक १६ गते बिहीबार बिहान ११ बजे बस्नेत तय भएको छ ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend