Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा   


सूचना कुण्ड
राष्ट्रपति पौडेलद्वारा नवकन्याको पूजा   


    सूचनाकुण्ड समाचारदाता  
काठमाडौँ, कात्तिक६ : राष्ट्रपति रामचन्द्र पौडेलले वडादसैँका अवसरमा नवदुर्गाको अवतारस्वरुप महानवमीको दिन आज नवकन्याको पूजाअर्चना गर्नुभएको छ । विशेष समारोहका बीच राष्ट्रपति पौडेलले शीतल निवासमा नवकन्याको पूजा गर्नुभएको हो ।    
    
 सो अवसरमा राष्ट्रपति पौडेलले नवकन्याको गोडा धोएर, टीका लगाई, उपहार प्रदान गर्नुभयो । दसैँका अवसरमा महानवमीको दिनमा राष्ट्रप्रमुखले प्रत्येक वर्ष नवकन्याको पूजा गर्ने प्रचलन छ । दुर्गा भगवतीको शैलपुत्री, ब्रह्मचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री महागौरी र सिद्धिदात्रीका रुपमा नौ रूपको पूजा गर्ने गरिन्छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend