Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

न्यायाधीश समाजको अध्यक्षमा मल्ल   


सूचना कुण्ड
न्यायाधीश समाजको अध्यक्षमा मल्ल   

 
सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, १ कात्तिक   न्यायाधीश समाजको अध्यक्षमा सपना प्रधान मल्ल निर्वाचित हुनुभएको छ । आज सम्पन्न साधारणसभाले समाजको अध्यक्षमा सपना प्रधान मल्ललाई निर्वाचित गरेको हो । समाजको नयाँ कार्यसमितिलाई प्रबन्ध समिति भनिन्छ ।    
    
उपाध्यक्षमा सर्वाेच्च अदालतका न्यायाधीश तीलप्रसाद श्रेष्ठ, महासचिवमा उच्च अदालतका न्यायाधीश टेकनारायण कुँवर, सचिवमा जिल्ला न्यायाधीश शिशिरराज ढकाल, कोषाध्यक्षमा उच्च अदालतका पूर्वन्यायाधीश बालेन्द्र रुपाखेती रहनुभएको छ ।    
    
 सदस्यमा उच्च अदालतका न्यायाधीश तेजनारायण सिंह राई, उच्च अदालतका न्यायाधीश राजेश्वर तिवारी, उच्च अदालतका पूर्वन्यायाधीश शेखरप्रसाद पौडेल र जिल्ला अदालतका न्यायाधीश दुर्गा खड्का रहनुभएको छ । समाजको कार्यसमिति सदस्यको पदावधि दुई वर्षको हुनेछ ।–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend