सूचनाकुण्ड समाचारदाता
नेपालगञ्ज, असोज २४ ः लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि., नेपालगञ्ज मेडिकल कलेज कर्मचारी सङ्घको तेस्रो केन्द्रीय अधिवेशनले ३१ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।
हालै भव्य समारोहका बीचमा सम्पन्न भएको अधिवेशनले सङ्घको तेस्रो कार्यसमितिको सभापति पदमा यमबहादुर खड्का, उप–सभापतिहरुमा पूर्णकुमार सिंह ठकुरी, साहबुदिन खान, प्रकाश लामिछाने , अन्जु न्यौपाने र पुतला बिस्टलाई निर्विरोध चयन गरेको छ ।
यसैगरी सङ्घको महासचिव पदमा नारायणप्रसाद पोख्रेल, उप–महासचिव उर्मिला खनाल,सचिवद्वयमा चन्द्र नारायण मण्डल र पवित्रा बिष्ट,कोषाध्यक्ष अभिशेष सिंह ठकुरी, सह–कोषाध्यक्ष जितेन्द्रकुमार यादव रहनुभएको छ ।
सदस्यमा मित्राकुमारी रेग्मी, प्रेमकुमारी वस्नेत, शरदकुमार रेग्मी,राधेश्याम वाल्मीकि, उमेश के.सी,यज्ञ कुमारी ढकाल, लोकप्रसाद चापागाई, कृष्ण पन्थी, दुर्गा भण्डारी ,सविता लम्साल ,होम व. वि.क, सुष्मा खत्री ,तुल्सी रावत, तिलक व. चन्द,भोज कु. गिरि,मिस्री लाल कोरि, नलिना पाण्डे, राजु थापा क्षेत्री र प्रेम बिक चयन हुनुभएको छ । .
कर्मचारी सङ्घमा शिक्षण अस्पताल कोहलपुर, शिक्षण अस्पताल नेपालगञ्ज, नर्सिङ क्याम्पस कोहलपुर र बेसिक साइन्स क्याम्पस चिसापानीमा कार्यरत कर्मचारी आबद्ध रहेका छन् ।
यसअघि कर्मचारी सङ्घको अधिवेशनको उद्घाटन सत्रमा नेपालगञ्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा सुरेशकुमार कनोडियाले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै सबैको अथक मिहिनेतले मेडिकल कलेज यो अवस्थामा आइपुगेको चर्चा गर्नुभयो ।
श्रम तथा रोजगार कार्यालयका प्रमुख कमल पौडेलले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुहुँदै कर्मचारी बीचको एकता र सहकार्यकार्यले नै ट्रेड युनियन अधिकार बलियो हुने बताउनुभयो ।
सो कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति एवम् नेपालगञ्ज मेडिकल कलेज चिसापानीका प्रमुख प्राडा राजेन्द्रराज वाग्ले, सस्थाका निर्देशक डा सन्तोषकुमार शर्मा , शिक्षण अस्पताल कोहलपुरका निर्देशक डा रेशमबहादुर राना, उपनिर्देशक श्यामकुमार शर्मा लगायतले अधिवेशनको सफलताको कामना गर्नुभएको थियो ।
कर्मचारी सङ्घका सभापति यमबहादुर खड्काले कर्मचारीको सामूहिक हक अधिकारका लागि कर्मचारी सङ्घले नेतृत्वदायि भूमिका निर्वाह गर्दै आएको र आगामी दिनमा पनि यो कार्य जारी रहने जानकारी दिनुभयो । सो अधिवेशनको उद्घाटन सत्र सङ्घका सचिव नारायणप्रसाद पोख्रेलले सञ्चालन गर्नु थियो । –––
