Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन


सूचना कुण्ड
‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन

‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन

सूचनाकुण्ड समाचारदाता

काठमाडौँ,  असोज १९ः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) लाई पुनः संशोधनको प्रक्रिया अगाडि बढाएको छ ।    
    
 सरकार र नेपाल चिकित्सक सङ्घबीच भएको सहमति अनुसार ऐन संशोधनको प्रक्रिया अगाडि बढाएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । मन्त्रालयले चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्र्टन डाक्टर तथा स्वास्थ्यकर्मीको सेवा सुविधालगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेशन पेश गर्न मन्त्रालयका अतिरिक्त सचिवको संयोजत्वकमा समिति गठन गरेको छ ।    
    
 साथै मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई सक्रिय बनाउन मन्त्रालयका अतिरिक्त सचिव डा टङ्क बराकोटीको अध्यक्षतामा ११ सदस्यीय ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा समन्वय समिति’ गठन गरेको प्रवक्ता बुढाथोकीले राससलाई जानकारी दिनुभयो ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend