Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन  


सूचना कुण्ड
सगरमाथासहितका १० हिमालबाट १०८ टन फोहर सङ्कलन  

  
  सूचनाकुण्ड समाचारदाता  
काठमाडौँ, असोज१० : नेपाली सेनाले सगरमाथासहित १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जनाएको छ ।    
    
 नेपालको पर्यटन प्रवर्द्धन र पर्यटनको मुख्य आधार हिमाल सफाइ अभियानको जिम्मेवारी पाएको नेपाली सेनाले चार वर्षको अवधिमा उक्त फोहर सङकलन गरेको हो । विश्व पर्यटन दिवसको अवसरमा ‘साथसाथै’ आज आयोजना गरेको राष्ट्रिय पर्यटन सम्मेलनमा हिमाल सरसफाइ अभियानबारे प्रस्तुतीकरण गर्दै नेपाल सेनाको हिमाल सरसफाइ अभियानका निर्देशकसमेत रहनुभएका सहायक रथी सुन्दरकुमार पाण्डेले सगरमाथासहितका १० हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरिएको जानकारी दिनुभयो ।    
    
 उहाँले भन्नुभयो, “सन् २०१९ देखि सुरु भएको हिमाल सफाइ अभियानअन्तर्गत सगरमाथासहित १० वटा हिमालबाट एक सय आठ टन फोहर सङ्कलन गरेर व्यवस्थापन गरिएको छ । सन् २०२३ मा सगरमाथा, अन्नपूर्ण, बरुणछे र लोत्सेबाट ३५ टन फोहर सङ्कलन गरिएको छ ।”    
    
‘भावी पुस्ताका लागि हिमाल सफा राखौँ’ भन्ने मूल नारासहित सुरु भएको हिमाल सफाइ अभियानलाई अझै प्रभावकारी बनाउनुपर्ने उहाँले बताउनुभयो । उहाँले सफा हिमाल अभियानमा हिमाली क्षेत्रमा बसोबास गर्नेले गरेको सहयोगको प्रशंसा गनुभयो ।    
    
उहाँले भन्नुभयो, “केही सकारात्मक प्रयास भएको छ । यद्यपि सामूहिक सहकार्य र सरकार तथा सरोकारवालाबीचको समन्वय भएको अवस्थामा हिमाल सफाइ सम्भव छ । यसका लागि हामीले स्थानीय तहलाई पनि जिम्मेवार बनाउन आवश्यकय छ ।”    
    
 सहायक रथी पाण्डेले हिमाल सफाइको अवधारणा कुनै एक ठाउँ सफा बनाउने मात्र नभई मानव सभ्यतासँग जोडिएको कुरा भएकाले यो वार्षिकरूपमा चलिरहेको बताउनुभयो । उहाँले थप्नुभयो, “जोखिम र उच्च हिमाली क्षेत्रमा सामान्य तयारीले गर्दा सम्भव नहुने भएपछि नेपाली सेनाले हिमाल सफाइ अभियानको जिम्मेवारी लिएर काम गरिरहेको छ । विसं २०७६ मा तयारी भए पनि कोरोना महामारीका कारण सम्भव हुन सकेन । सन् २०२१, २०२२, २०२३ मा हिमाल बचाउ नारासहित  सरकारले रु आठ लाख ३० हजार बजेट विनियोजन गरेको छ ।”    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend