Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  पुष्पा र अञ्जली कोसी टप्पुमा 


सूचना कुण्ड
  पुष्पा र अञ्जली कोसी टप्पुमा 

सूचनाकुण्ड समाचारदाता 
इनरुवा, असोज१०: चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका दुई गैँडालाई कोसी टप्पु वन्यजन्तु आरक्षमा छाडिएको छ । पुष्पा र अञ्जली नाम गरेका ती गैँडालाई छुट्टाछुट्टै खोरमा यहाँ ल्याइएको र कञ्चनपुरस्थित पथरी सेक्टर कार्यालय नजिकै छोडिएको हो ।    
    
 विश्व पर्यटन दिवस, २०२३ का अवसरमा सङ्घीय सरकारका वन तथा वातावरण मन्त्री डा वीरेन्द्रप्रसाद महतोको उपस्थितीमा ती गैँडालाई छाडिएको आरक्षका संरक्षण अधिकृत रमेशकुमार यादवले जानकारी दिनुभयो ।    
    
 गैँडालाई चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनको नेतृत्वमा भेटेरिनरी चिकित्सकसहितको टोली यहाँ आएको थियो । कोसी टप्पुमा प्राविधिक समितिले गरेको अध्ययनमा गैँडाका लागि बासस्थान उपयुक्त देखिएपछि गैँडा लगिएको हो । पहिलो चरणमा गैँडालाई खुल्ला खोरमा केही समय राखेपछि प्रकृतिमा छाडिने आरक्षका संरक्षण अधिकृत यादवले बताउनुभयो ।    
    
 केही वर्ष अघि कोसी टप्पुबाट चितवन निकुञ्जमा १३ वटा अर्ना लगिएको थियो । तत्कालीन समयमा स्थानीयवासीले चितवनबाट गैँडा ल्याउनुपर्ने माग गरेका थिए । सोहीअनुसार विभागले प्राविधिक समिति बनाएर अध्ययन थालिएको थियो ।    
    
कोसी टप्पुलाई पर्यटकीय गन्तव्य बनाइनेछः मन्त्री महतो    
    
 सो अवसरमा वन तथा वतावरण मन्त्री डाक्टर विरेन्द्रप्रसाद महतोले कोसी टप्पु वन्यजन्तु आरक्षलाई पर्यटकीय रुपमा विकास गरिने बताउनुभयो । कोसी टप्पु वन्य जनतु आरक्षस्थित सप्तरीको पथरी सेक्टरमा निर्माण गरिएको वन्यजनतु उद्धार केन्द्रको आज उदघाटन तथा गैँडा हस्तान्तण कार्यक्रमका अवसरमा मन्त्री महतोले त्यसका लागि चितवनबाट गैँडा ल्याइएको बताउनुभयो ।    
    
 उहाँले केही दिनभित्रै बिरु नामक गैँडा ल्याउने पनि जानकारी दिनुभयो । यस क्षेत्रमा बाघ ल्याउनका लागि अध्ययन पनि सुरु भएको उहाँको भनाइ छ । कोसी टप्पुमा अर्ना, गैँडा, बाघ, हात्तीलगायतका जनावर एकै ठाउमा भएको खण्डमा आन्तरिक तथा विदेशी पर्यटकको सङ्ख्या बढ्ने उहाँको भनाइ छ ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend