Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन   


सूचना कुण्ड
राष्ट्रपति भण्डारीद्वारा बराहक्षेत्रको दर्शन   


   सूचना कुण्ड समाचारदाता     

 धरान, १ माघ :   
राष्ट्रपति विद्यादेवि भण्डारी मकर नुहाउन आज सुनसरीको बराहक्षेत्र आइपुग्नुभएको छ । उहाँ आज बिहान बराह क्षेत्र मन्दिर परिसरमा आउनुभएको हो ।    
    
 आज माघे सङ्क्रान्ति अर्थात् माघी पर्वका अवसरमा नेपालका चार धाममध्येको सुनसरीको बराहक्षेत्रको दर्शनका लागि बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत यहाँ आइपुग्नुभएको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।    
    
 प्रमुख जिल्ला अधिकारी यादवका अनुसार उहाँले बराहक्षेत्रको दर्शन गरी मन्दिरको अवलोकन पनि गर्नुभएको थियो । यसपछि उहाँका धरानको विजयपुरस्थित मन्दिरको अवलोकन गर्ने कार्यक्रम रहेको छ ।    
    
 यस दिन बराहक्षेत्रमा स्नान गर्दा अनन्तकालसम्म भगवानको धाममा बस्न पाइन्ने बताइन्छ । यस दिन बराहक्षेत्रस्थित कोका कौशिकीमा स्नान गरे विगतमा गरेको गल्तीबाट मुक्ति पाइने जनविश्वास रहेको छ । हरेक वर्षको माघ १ गते यहाँ ठूलो मेला लाग्ने गर्दछ ।    
––– 

 


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend