Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

प्रधानसेनापति शर्मा भारत प्रस्थान  


सूचना कुण्ड
प्रधानसेनापति शर्मा भारत प्रस्थान  

  
 सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ,  असोज८ : प्रधानसेनापति प्रभुराम शर्मा भारतको नयाँ दिल्लीमा यही असोज ८ देखि १० गतेसम्म आयोजना हुने १३औँ इण्डो–प्यासिफिक आर्मिज चिफ कन्फरेन्समा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गर्नुभएको छ ।    
    
प्रधानसेनापति शर्मालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी सरोज प्रताप राणाले बिदाइ गर्नुभएको थियो । सो अवसरमा रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीलगायत सैनिक अधिकृतहरूको उपस्थिति रहेको थियो । भारत प्रस्थान गर्नुपूर्व  प्रधानसेनापतिलाई जङ्गी अड्डामा सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।    
    
प्रधान सेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी सरोजप्रताप राणाले कायमुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्नुहुनेछ । भ्रमण कार्यक्रम सम्पन्न गरी प्रधान सेनापति असोज ११ गते स्वदेश फर्कनुहुनेछ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend