Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

 क्यान अध्यक्षमा चन्द पुनःनिर्वाचित  


सूचना कुण्ड
 क्यान अध्यक्षमा चन्द पुनःनिर्वाचित  

  
  सूचनाकुण्ड समाचारदाता 
काठमाडौँ, असोज  ६: नेपाल क्रिकेट सङ्घ (क्यान)को अध्यक्ष पदमा चतुरबहादुर चन्द निर्विरोध निर्वाचित हुनुभएको छ ।    
    
क्यानको आज भएको निर्वाचनमा चन्द पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभएको हो । सङ्घको उपाध्यक्षमा रोशन सिंह र कोषाध्यक्षमा कर्णाली प्रदेश क्रिकेट सङ्घका अध्यक्ष पद्म खड्का निर्विरोध निर्वाचित हुनुभयो ।    
    
महिला सदस्यमा जयन्ती भट्र्ट निर्विरोध निर्वाचित हुनुभयो । सदस्य पदमा लुम्बिनी प्रदेशबाट प्रदीप मजगैँया र कर्णालीका श्रीधर केसी पनि सर्वसम्मत चयन हुनुभयो ।    
    
क्यानको सचिव पदका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का र कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लबीच प्रतिस्पर्धा भइरहेको छ । उहाँहरुबीच अहिले मतदान भइरहेको छ ।    
    
त्यस्तै पाँच प्रदेशबाट चयन हुने एक/एक जना सदस्यका लागि कूल १० जनाको उम्मेदवारी परेको छ । खुलातर्फका पाँच जनाका लागि १३ जनाको उम्मेदवारी परेको छ । क्यानको निर्वाचनमा ८५ जनाले मतदान गर्नेछन् ।    
---  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend