Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

     नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर’ प्रतियोगिता गर्दै


सूचना कुण्ड
     नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर’ प्रतियोगिता गर्दै

 सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, भदौ३१ : नेपाली सेनाले अन्तर्राष्ट्रियस्तरको प्रधान सेनापति अन्तर्राष्ट्रिय ‘ट्रि एडभेन्चर’ प्रतियोगिता ‘कोसा इन्टरनेसनल ट्रि–एडभेन्चर कम्पिटिसन–२०२३’ आयोजना गर्ने भएको छ ।    
    
 यस वर्षको छैटौँ संस्करणको प्रतियोगिता आगामी कात्तिक ३ गते सञ्चालन गरिने सेनाले आज पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । साहसिक खेलको विकास गर्दै यसको माध्यमबाट राष्ट्रलाई अन्तर्राष्ट्रिय तहमा पहिचान गराउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको सैनिक जनसम्पर्क निर्देेशनालयका महासेनानी विजय केसीले बताउनुभयो ।    
     
 प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिमहरूको सहभागिता रहनेछ । हालसम्म मित्रराष्ट्र भारतबाट दुई पुरुष टिम, संयुक्त राज्य अमेरिकाबाट एक पुरुष टिम र पाकिस्तान तथा चीनबाट पर्यवेक्षकका रूपमा सहभागी हुने सेनाले जनाएको छ । प्रत्येक टिममा चार जना खेलाडी र एक जना कोच÷म्यानेजर हुनु पर्ने र उमेर १८ वर्षभन्दा माथि हुनपर्दछ । यस इभेन्टमा रनिङ छ दशमलव सात किमी, साइक्लिङ २६ किमी र ¥याफ्टिङ ११ किमी गरी जम्मा दूरी ४३ दशमलव सात किमीको रहनेछ ।    
    
 नेपाली सेना शारीरिक तालिम तथा खेलकुद केन्द्रका सहसेनानी पवित्रजङ्ग राणाले कार्यक्रमसम्बन्धी सार संक्षेप प्रस्तुत गर्नुभएको थियो । धादिङको बैरेनीस्थित श्री नं ६ बाहिनी अड्डाको मूल गेटबाट सुरु भई चरौँदीस्थित रेयल विज क्याम्पमा अन्त्य हुनेछ ।    
    
 प्रतियोगितामा विजयी हुने प्रथम पुरुषतर्फ रु एक लाख ५० हजार र द्वितीयलाई रु एक लाख र तृतीयलाई रु ७५ हजार तथा चौथोलाई रु २५ हजार र पाँचौँलाई रु १५ हजार प्रदान गरिनेछ । त्यसैगरी महिलातर्फ प्रथमलाई रु ७५ हजार, द्वितीयलाई रु ५० हजार र तृतीयलाई रु ३० हजार पुरस्कार दिइनेछ । उक्त प्रतियोगिताको रजिष्ट्रेसन फारम भदौ १९ गतेदेखि असार १५ गतेसम्म रहेको छ । नेपाली सेनाले विसं २०७१ देखि धादिङको बैरेनीमा राष्ट्रियस्तरमा यो प्रतियोगित सञ्चालन गर्दै आएको छ । सन् २०१८ देखि अन्तर्राष्ट्रिय टिमहरू सहभागी हुँदै आएका छन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend