Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

  बम विष्फोटबाट राजमार्गमा क्षति 


सूचना कुण्ड
  बम विष्फोटबाट राजमार्गमा क्षति 

सूचनाकुण्ड समाचारदाता 
राँझा(बाँके), भदौ३१ : बाँकेको राप्ती सोनारी गाउँपालिका–८ नयाँ गाउँ नजिकै पूर्व–पश्चिम राजमार्गमा आज बिहान बम विष्फोट हुँदा सडकमा क्षति पुगेको छ ।    
    
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीका अनुसार घटनास्थलमा विष्फोटक वस्तुमा प्रयोग भएका तार र चाउचाउको खोल भेटिएको छ । विस्फोटले सडकमा भ्वाङ परेको छ । प्रहरीले अनुसन्धान अघि बढाएको प्रहरी नायब उपरीक्षक तिवारीले बताउनुभयो ।    
    
सडकमा भ्वाङ परेकाले एकतर्फी रुपमा मात्र सवारीसाधन सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend