Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

मुगु केन्द्रीय विद्युत् प्रशारण लाइनमा जोडियो 


सूचना कुण्ड
मुगु केन्द्रीय विद्युत् प्रशारण लाइनमा जोडियो 

सूचनाकुण्ड समाचारदाता  
मुगु  भदौ २५: हिमाली जिल्ला मुगु केन्द्रीय प्रशारण लाइनमा जोडिएको छ । नेपाल विद्युत् प्राधिकरणको कालिकोट जुम्ला ३३ केभी प्रशारण लाइनको कालिकोटको नाग्म भन्ने स्थानमा ट्रयापिङ गरी मुगुसम्म ११ केभी विद्युत् लाइन जोडिएको हो ।    
    
कालिकोटको नाग्मदेखि मुगु जिल्ला सदरमुकाम गमगढीसम्म ८५ किलोमिटर विद्युत् लाइन तानिएको छ । प्राधिकरणले आइतबारदेखि सदरमुकामलगायत आसपासका बस्तीमा विद्युत् लाइन दिन सुरु गरेको छ । यसअघि विद्युत् प्राधिकरणले गमगाढ साना जलविद्युत् आयोजना सम्पन्न गरेर चार सय किलोवाट विद्युत् उत्पादन गरी विद्युत् सेवा दिँदै आएको थियो ।    
    
विद्युत् प्राधिकरणका तीन हजार पाँच सय ग्राहक रहेका मुगुमा केन्द्रीय लाइन पुगेसँगै विद्युत् नपुगेका बस्ती र पालिकामा विद्युत् विस्तार गर्दै लगिने गमगाढ वितरण केन्द्रका प्रमुख साजन ऐडीले बताउनुभयो ।    
    
उहाँले भन्नुभयो, “गत वर्ष असोजमा आएको बाढीले गमगाढ वितरण केन्द्रको पावर हाउसलगायत एक हजार एक सय मिटरमध्ये सात सय मिटर नहरमा क्षति पुर्‍याउँदा विद्युत् सेवा अवरुद्ध हुँदै आएको थियो । प्राधिकरणले ग्राहकलाई विद्युत् सेवा दिन डिजेलबाट चल्ने जेनेरेटर प्रयोग गरेको थियो । बाढीले क्षति पुर्‍याएको विद्युत् गृह र नहरको मर्मत गरे पनि विद्युत् सेवा नियमित हुन सकेको थिएन ।”    
    
अब मुगु जिल्ला केन्द्रीय विद्युत् लाइनमा जोडिएकाले संरचना र लाइनमा ठूलै समस्या आएबाहेक विद्युत् आपूर्तिमा समस्या नआउने पनि गमगाढ वितरण केन्द्रका प्रमुख ऐडीले विश्वास दिलाउनुभयो । मुगु पुगेको ११ केभिएको विद्युत् लाइनलाई भरपर्दो र गुणस्तरीय बनाउन ११ केभिएलाई ३३ केभिए सबस्टेसनमा र ११ केभिए लाइनलाई ३३ केभीमा स्तरोन्नति गर्ने कार्य भइरहेको विद्युत् प्राधिकरणले जानएको छ ।    
    
मुगु जिल्लामा राष्ट्रिय प्रशारण लाइन पुगेसँगै ७७ जिल्लामध्ये ७६ जिल्लामा नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय ग्रिडको विद्युत् पुगेको छ । अब राष्ट्रिय लाइन पुग्न हुम्ला जिल्ला मात्र बाँकी रहेको छ ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend