Logo
  • २०८३, असोज २९गते
  • Oct 15 2026
images

नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु 


सूचना कुण्ड
नेपाल एयरलाइन्सको साउदी अरेबियाको दमाममा नियमित उडान सुरु 

   
सूचनाकुण्ड समाचारदाता 

काठमाडौँ, भदौ २१: राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले काठमाडौँबाट साउदी अरेबियाको दमाममा नियमित सिधा उडान सुरु गरेको छ ।     
    
 निगमका प्रवक्ता रमेश पौडेलका अनुसार बिहीबारदेखि काठमाडौँ–दमाम गन्तव्यमा सिधा उडान सञ्चालन गरिएको छ । उडान तालिकाअनुसार काठमाडौँबाट २२ः४० मा उडान भरेको पहिलो उडानमा एक सय २६ यात्रु रहेका थिए भने काठमाडौँ फर्कदा एक सय १७ यात्रु रहेको निगमले उल्लेख गरेको छ ।    
    
 प्रवक्ता पौडेलले काठमाडौँ–दमाम–काठमाडौँ सेक्टरमा साताको दुई दिन बुधबार र शनिबार उडान गर्ने र बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउँदै लैजाने योजना रहेको बताउनुभयो । यात्रुहरूले निगमको कार्यालय वा निगमको वेबसाइटमार्फत अनलाइनबाट टिकट लिन सक्नेछन् ।    
–––  


प्रतिक्रिया दिनुहोस
हाम्रो टिम

प्रकाशक / सम्पादक 
शारदा खतिवडा 

समाचार तथा लेख रचनाको लागि - suchanakunda@gmail.com

विज्ञापनका लागि -suchanakunda@gmail.com 
फोन नं - ०१४३१४८१६ , ९८५१२०७८४९ 


follow us
सम्पर्क


सम्पर्क नं. : ९८५१२०७८४९
सूचना तथा प्रसारण विभाग दर्ता नं ३६७७–२०७९/०८०
प्रेस काउन्सिल सूचिकरण नं ३८७८–२०७९/०८०

 


© 2026 All right reserved to suchanakunda.com Site By : SobizTrend